यो कविता !!
सम्झिन्छु
त्यो आकाश
त्यो धर्ती
ती हिम लहर हरु
ती कोईली रमाउने बन पाखा हरु
ती सुन्दै मन्त्र मुग्ध बनाउने बाँसुरीक धुन हरु
अझै
सललल बगेका खोली छहरा छाँगा
ती बुढी आमा, ती बाबा, ती गाउँ, ती बस्ती हरु
जो सँग मेरा प्रत्येक पल पल साटिएका छन
ती कुट्टा ती कोदाला
ती लेक बेसी जो मेरा सारथी
र मेरो नेपाल
अनी
यो धर्ती
यो आकाश
यी गगन चुम्बी महलहरु
मानवले मानवको रगत पिउने पशु तुल्य मानवहरु
ठेलामठेल, भिर्डभार्ड, तानातान, लुछालुछ
यो पराईको देश !!
कती फरक छ मेरो देश
कती फरक छ मेरो नेपाल
अनी कहाँ छ मेरो जीवन ?
कहाँ छ जीवन ?
गणेश पौड्याल
इन्छन
0 comments:
Post a Comment