photo sahityayatrabanner_zps787eae11.jpg


गजल



ऋण माथी ऋण बोकाएर गयो
फेरी नी यौटा दशैं आएर गयो

हुनेलाई त हर्ष अनी उल्लाश
नहुनेको दिल दुखाएर गयो

परदेशको कथा पशिना र काम
घर सम्झी चित्त बुझाएर गयो

फेरी जित्छ घुसखोरीले चुनाब 
चाडले आशिक सुनाएर गयो

भोक भोकै थियो ऊ सडकमा
बाँच्ने मजदुरी खोसाएर गयो


गणेश पौड्याल
इलाम हाल द. कोरिया


सर्वधिकार लेखकमा सुरक्छित
 

0 comments:

Post a Comment

 
Top