photo sahityayatrabanner_zps787eae11.jpg

Nabin Nepal



गजल
अजम्बरी जवानी न तेरो न मेरो
मरे पछी खरानी न तेरो न मेरो

तँ ठुलै जाती होलास पानी खान दे
बगेर जाने पानी न तेरो न मेरो

मेरो यो बाचा भयो आँखा दान गर्छु
खरानी हुने नानी न तेरो न मेरो...

पसिना र माटो हो नि सुनको साटो
लासाको सुन खानी न तेरो न मेरो

आउँदा जस्तो जादा तेस्तै जाने हो
मरेर केहि ला'नी न तेरो न मेरो

ढोका खुल्छ तब जब सच्चा पुग्नेछ
बाटो स्वर्ग जानी न तेरो न मेरो

नबिन नेपाल
भक्तपुर



सर्वधिकार लेखकमा सुरक्छित

0 comments:

Post a Comment

 
Top