photo sahityayatrabanner_zps787eae11.jpg

 
 

"श्रीमतीलाई चिट्ठी"

प्यारी..!
तिम्रो नाममा फेरी चिट्ठी लेख्दैछु
यो पटक...
यो देश[मलेसिया] र हाम्रो देशको बारेमा केहि सादृश्य गरें है
यहाँको सडक,शहर,औधोगिक अनि बडेमाको महलहरु
हाम्रा नाती-पनातिले पनि
देशमा देख्न नपाउलान्
विलासीता भोग्न नपाउलान्
त्यो आफ्नै ठाउँमा छ

टि.भी., पत्र-पत्रिकामा देख्ने गर्थें
अस्ति भर्खर खुद यहि आँखाले देखें /नियालें
बनमा बस्नेहरु जो 'ओराङ्ग असली' [भूमिपुत्र]
अझै पनि उनीहरु
बाँसको फुँदो बनाएर फुकी ढेंडू-बाँदर,कालिज मारी खाँदा रै'छन्
दुवालीमा माछा मारी खाँदा रै'छन्
केहि चै शहरतिर पनि पसेका रै'छन्
यहाँका शासकले
उनीहरुलाई जल-जंगल दे'का छन्
त्यतातिर मन परि गर्न दे'का छन्
अनि तिनै शासकले जंगल,पहाड आफू अनुकुल पारेर
उनीहरुलाई अझ भित्र-भित्र ओडारतिर पुर्याउदै छन्
र पनि उनीहरु चुप छन्
तर म चुप छैन
मनमा ज्वालामुखीका लाभाहरु तप्का-तप्का बसेका छन्
र विस्फोट नहुनलाई भन्छु-
एक दिन- उनीहरुले फुँदोहरु,दुवालीहरु
कसो शासकहरुतिर फुकी नपठाउलान् र !

अब हामी दुईको कुरा है
तिमीलाई धेरै वर्ष प्रेम गरेर बे गर्न राजी गराएँ
त्यतिका वर्ष मेरो शारीरिक बनावटलाई स्वीकार्न सकेनौ
पछि यो कुरा तिम्ले नै स्विकार्यौ नि
हुन पनि म अनि मेरो वर्ण
अलिक पुड्को ,नाक थेप्चे,अनुहार अलिक डल्लो आदि ईत्यादी
त्यस्तै छातीमा पटक्कै रौँ नभएको
फेरि मेरो भाषा,धर्म,संस्कार,रीतिरिवाज छुट्टै
ओहो ! बित्थामा भित्रिएछु भनि एक मनले सोच्न खोज्यौ होला
तर
मेरो मायालाई माया गर्ने मान्छे तिमी
मेरो भावनालाई कदर गर्ने मान्छे तिमी
अझ,मेरो हर सुख-दु:खमा साथ दिने मान्छे तिमी
ती सबै तिम्रा लागि निहिर
आखिर सहज बन्दै गई रहेको छ नि !

हे..हे...हे..
अब तिम्रो वर्णन है त
अलिक अग्ली,नाक चुच्ची,अनुहार अलिक लाम्चो आदि ईत्यादी
हात-खुट्टामा रौँ चै अलिक बेसी नै छ है
अनि नाके बोलि
जे होस् यसैमा म लट्ठ
मतवल
हामी दुईका वर्ण हामी दुईलाई काफी

कहिलेकाहीं गम्भीर भएर भन्ने गर्छौ-
"ए काले ! तिमीले सोचेका छौ ?
देशको यहि अवश्था भई दियो भने-
भोलि हाम्रो सन्तानहरुले तिमीलाई धिकार्ने छन् या त मसंग विद्रोह गर्ने छन् '
यतिबेला म
तिम्रो तात्पर्यतामा
'ओराङ्ग असली' लाई देखेर हेक्का लगाउदैछु

बुझ्न वाध्य भएको छु
हामी दुवैको समुदाय अनि देशको तरलतालाई ।
..उही म...


सर्वधिकार लेखक मा सुरक्छित

0 comments:

Post a Comment

 
Top