photo sahityayatrabanner_zps787eae11.jpg

गजल
-राज अबिरल यात्री

कलममा बिश्वास लागेर लेख्यो
दु:खको भोगाईमा शेर लेख्यो ।

जीवनमा कति दुख गर्यौ भन्दा
हो, उसले आफ्नो उमेर लेख्यो ।

मन दुखाउनेको नाम भुलेन...
बरु मुटुको छेवै नेर लेख्यो ।

पाना भरि छाडी जानेको नाममा
'बिदाई' उसले मन दुखेर लेख्यो ।



सर्वधिकार लेखकमा सुरक्छित

0 comments:

Post a Comment

 
Top