ऐनासरि टुट्ने पियार पाएँ
जोडें जब ऐना दरार पाएँ
भेट्थें सुन मैले हुँदा सुहागा
कोहेनुर खोजें ! अँगार पाएँ...
के पत्झड मात्रै वसन्त हो र ?
सारा बन मैले उजार पाएँ
बेकार गएँ थें म हात माग्न
उठ्दै रछ डोली कसार पाएँ
छन्द – साम्दोपिक (हिमाल)
विश्राम – ६ अक्षरमा
सर्वधिकार लेखकमा सुरक्छित
0 comments:
Post a Comment