photo sahityayatrabanner_zps787eae11.jpg

 
 
एउटा गजल...

चेलीको इज्जत लिलाम हुन्छ यो सहरमा...!
हरेक कुरामा छलछाम हुन्छ यो सहरमा...!!
...
जब आँखा रसाउला अनि थाह पाउँछौ...,
प्रेममा आँसु ईनाम हुन्छ यो सहरमा...!

आँखामा पट्टी बानेको कानुनको मनपरी...,
हेर्दैजाऊ अब खुलेआम हुन्छ यो सहरमा...!

त्यो पत्थरको मूर्ती बर्षौँदेखी चुपचाप छ...,
उसैको पूजाको तामझाम हुन्छ यो सहरमा...!

काँडासँग रमाउन थाले यी मान्छेहरू...,
पक्कै गुलाब बदनाम हुन्छ यो सहरमा...!

अभागी,
धनकुटा।


सर्वाधिकार लेखकमा सुरक्छित

0 comments:

Post a Comment

 
Top