photo sahityayatrabanner_zps787eae11.jpg

 

गजल

नियन्त्रणमा राखे राम्रो तीरजस्तै बोलीलाई
आफ्नैँलागि काम लाग्छ सोच्नुपर्छ भोलिलाई ।
...
विनास गर्नु धर्म उसको को दोषी हो को हो निर्दोष
चलाउँदा हेक्का राख थाहा हुन्न गोलिलाई ।

तिमी आफैँ रमाउछ्यौ प्रदर्शनको दुनियामा
बैँश ढाक्न हम्मे पर्दा गालि गर्यौ चोलिलाई ।

निर्जिवलाई थाहा हुन्न चोट के हो पीडा के हो
लालच बढ्दा धेरै थाप्यौ कमजोर भन्यौ झोलिलाई ।

विधुवा र टुहुरा छन तिम्रै कारण लाखौँ आज
जनयुद्ध भन्छौ व्यर्थ रगतको होलिलाई ।


सर्वधिकार लेखक मा सुरक्छित

1 comments:

  1. अत्यन्तै राम्रो गजल (h) (h) (h)

    ReplyDelete

 
Top