photo sahityayatrabanner_zps787eae11.jpg


गजल

आँखा आँखा जुधाएछौ थाहै थे'न मलाइ
भेट्ने निम्तो पठाएछौ थाहै थे'न मलाइ    ||
...
प्रेम पत्र कोरी मैले पठाएँ थे एउटा
सहमती जनाएछौ थाहै थे'न मलाइ ||

तारा गन्दै टोलाई रहे अँध्यारोमा राती
जून बनी उदाएछौ थाहै थे'न मलाइ ||

तिम्रो उता मेरो यता धड्कीरन्थे सधै
दुई मुटु मिलाएछौ थाहै थे'न मलाइ ||

सम्झौता हो जिन्दगी यो गर्नै पर्छ भन्दै
आफै हारी जिताएछौ थाहै थे'न मलाइ ||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
 
सर्वधिकार लेखकमा सुरक्छित

0 comments:

Post a Comment

 
Top