गजल
माटो नचिन्ने मान्छे पहाड खोज्दैछन् अझै
आमा नचिने जस्तो नाता सोध्दैछन् अझै
भाग्य नदेखे पछि विदेशिएछन् युवा
हजुर बुवा नेपालमा बारी जोत्दैछन् अझै
दक्षिणी हावा तेज भो गुम्सियो भित्र भित्रै
उत्तरको ढोका खोल्न किन रोक्दैछन् अझै !...
बुवाको देहान्त भो,आमालाई हेर्ने को हो ?
दाजु र भाइको बीचमा जहर घोल्दैछन् अझै
घर जल्दा खरानीको के गर्नु आशा व्यर्थ !
खरानी माग्न आउने दुई हात जोड्दैछन् अझै ।
बडा दशैँ २०७०, फूलपाती ।
माटो नचिन्ने मान्छे पहाड खोज्दैछन् अझै
आमा नचिने जस्तो नाता सोध्दैछन् अझै
भाग्य नदेखे पछि विदेशिएछन् युवा
हजुर बुवा नेपालमा बारी जोत्दैछन् अझै
दक्षिणी हावा तेज भो गुम्सियो भित्र भित्रै
उत्तरको ढोका खोल्न किन रोक्दैछन् अझै !...
बुवाको देहान्त भो,आमालाई हेर्ने को हो ?
दाजु र भाइको बीचमा जहर घोल्दैछन् अझै
घर जल्दा खरानीको के गर्नु आशा व्यर्थ !
खरानी माग्न आउने दुई हात जोड्दैछन् अझै ।
बडा दशैँ २०७०, फूलपाती ।
सर्वधिकार लेखकमा सुरक्छित
0 comments:
Post a Comment