जीवन काश्यप को एक गजल जीवन काश्यप दशैँ बिशेष कतै पेट खाली कतै भोज होला कतै आँसु बग्दा कतै मोज होला । जुवा तास खेल्दै धनी लाख हार्ला गरिब भोकभोकै मरे खोज होला ? कतै हर्ष होला दशैँ मान्न पाई हजारौँ घरैमा दशैँ बोझ होला । अभावै छ साथी दशैँमा गरिबको धनीका महलमा दशैँ रोज होला । सर्वाधिकार लेखकमा सुरकछित
0 comments:
Post a Comment