photo sahityayatrabanner_zps787eae11.jpg

 
 
गजल

यदि माटोको माया छ भने , राम्रो विचार पाल्नु छ
एउटा कूर्चीको राजनीति , खराब विचार फाल्नु छ ...

अब हाम्रो यो राष्ट्रमा , विकास देख्न चाहने हो भने
मुसाले पारेका प्वालहरू , यो देशमा अब टाल्नु छ

मुखमा बुजो लाएर अब , कदापी बस्नु हुँदैन
हाम्रो धरोहर खोसिन्छ भने , त्यस्तालाई ढाल्नु छ

यदि सचेत नभए , हामी र हाम्रो देश रहन्न
कूर्ची र स्वार्थपना त्यागेर , बेलैमा पाइला चाल्नु छ

आफैमा द्घन्द र युद्घ नगरौं , राम्रो सद्भाव राखौं
अब हातमा मसाल होइन , शान्तिको दीप बाल्नु छ ।

- © मानन्धर अभागी ।

सर्वधिकार लेखकमा सुरक्छित

0 comments:

Post a Comment

 
Top