photo sahityayatrabanner_zps787eae11.jpg

गजल

तिम्रा ति शब्द भरि प्यार छ अनगन्ति
तिम्लाई हेरि बाँच्ने आधार छ अनगन्ति

मेरो दिल मेरो धडकन किन तोडिस दैव
उनि संग नहुनुको मेरो हार छ अनगन्ति

प्राण अनि मुटु पनि शालिकमा छाम्नु पर्दा
विधवाको जिवनमा अत्याचार छ अनगन्ति...

सियो बनि पस्यौ दिलमा फाली बनि दुखाउन
तिमीमा क्षणिक स्वार्थको भार छ अनगन्ति

पिढा खप्न नसकेर मुक्का हान्छु आफ्नै छाती
कल्पनाका ब्यथाको हरुको उदगार छ अनगन्ति ।

कल्पना आचार्य ओली (दमक)



सर्वधिकार लेखकमा सुरक्छित \

0 comments:

Post a Comment

 
Top