photo sahityayatrabanner_zps787eae11.jpg



सुन्नुस है तँ कहानी प्रदेशीको!
सधै नै भिज्छ सिरानी प्रेशीको!

सपनाको संसारमा हराई हराई,
अनि हुन्छ है विहानी प्रदेशीको!

यादहरू भुलाउछ भन्दै शराबमा,
दिन जान्छ हल्का तानी प्रदेशीको!

घरबाट आउदा सॉच्चै सोझॉ ठिटाहरू,
यहॉ तँ विग्रिदो रैछ बॉनी प्रदेशीको!

जे जस्तो गरे पनि प्रवाशमा हजुर,
संघर्षमै बित्छ जिन्दगानी प्रदेशीको!

जयराम वि.क.(जयॉ भॉवुक)

0 comments:

Post a Comment

 
Top