photo sahityayatrabanner_zps787eae11.jpg

गजल
केही हुदैन भन्छन दरबारबाट!
हराए नेताहरू बालुवाटारबाट!

  कस्ले बुझ्छ जनताको पिरमर्का,
त्रशित छन कृर्षक जनावरबाट!

के कुरा गरौँ नेपालको हजुर,
  धेरैले लुटेकाछन व्यापारबाट!

  सुरूमै कहॉ बरदॉन मिल्छ र,
आशा सुरूहुन्छ मन्दिरबाट!

  स्कुललाई दोष नदिनु कहिलै,
ऊ बिग्रेकै रहेछ हेर शहरबाट !

जयरम वि.क.(जयॉ भॉवुक )
धधवार 7 बर्दिया

सर्वधिकार लेखकमा सुरक्छित

0 comments:

Post a Comment

 
Top