photo sahityayatrabanner_zps787eae11.jpg


...........एउटा गजल...............


 बिकास आयो,दौरा-सुरुवाल,चोली हरायो
आधुनिकता सँगै हाम्रो बोली हरायो ।
...
ट्याक्सी,कार मात्र हैन,टुइनेटर आए
प्रविधिको चेपमा परी डोली हरायो।

व्याण्ड वाजा,ड्रमसेट हल्ला ठूलो-ठूलो
नौमतीमा ताल भर्ने ढोली हरायो ।

लोकतन्त्रमा जातिवादी नारा लागेपछि
सवै मिली रङ खेल्ने होली हरायो ।
 
  एकु घिमिरे
 
सर्वधिकार लेखकमा सुरक्छित। 
 

0 comments:

Post a Comment

 
Top