photo sahityayatrabanner_zps787eae11.jpg



गजल
कालो धन लुकाउन विचार गर्दैछन  कोही
खान अनी लगाउन विचार गर्दैछन  कोही

यो देश पक्कै गजलकारले धान्ला जस्तो
गजल नै सुनाउना  विचार गर्दैछन  कोही

यही हो त हाम्रो बिस्वबिधालयको नतिजा
पासपोर्ट थमाउन विचार गर्दैछन  कोही

रुदै छिन आमा बर्सौ देखी छोरो खोज्दै
केही नोट देखाउन विचार गर्दैछन  कोही

कतै कतै  थुपारिन्छंन जुठ अन्न भण्डारहरु
हेर्दै चित्त बुझाउन विचार गर्दैछन  कोही


गणेश पौड्याल
फुएतप्पा ५ इलाम
हाल इन्छन कोरिया

सर्वधिकार लेखकमा सुरक्छित। 

0 comments:

Post a Comment

 
Top