चर्को घाम भन्न पाईदैन आमा ।
दु:ख काम भन्न पाईदैन आमा ।
काम गर्छु मरी मरी दिन रात
सुब शाम भन्न पाईदैन आमा ।
...
गाली सुनी दिन गन्दै मैना बित्छ
थोरै दाम भन्न पाईदैन आमा ।
जसो तसो टल्नै पर्छ छाक यहाँ
मिठो खाम भन्न पाईदैन आमा ।
प्रजित कुवँर थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला सिख्रे
0 comments:
Post a Comment