
॥ गजल ॥
: राजु काश्यप
सुखद् बनुन् प्रत्येक पल, यो नयाँ बर्षमा !
नहोस कसैलाई कतै छल, यो नयाँ बर्षमा !!
सफल बनोस जिन्दगी, हाँसो ओँठमा !
नबगोस कहीँ आँसुको भल, यो नयाँ बर्षमा !!
लागुन् काममा कर्मठ हात, नगरि घात !
बनुन् सबै कार्य सफल, यो नयाँ बर्षमा !!
होस धेरै प्रगति अझ, भाषा र साहित्यको !
लेखियौँ मिठा-मिठा गजल, यो नयाँ बर्षमा !!
शुभकामना छ मेरो, ती तरुण जिवनलाई !
देशको बिकाशमा गरुन् जलमल, यो नयाँ बर्षमा !!
॰शदिया, असम, भारत ।
razoo.kashyap@gmail.com
: राजु काश्यप
सुखद् बनुन् प्रत्येक पल, यो नयाँ बर्षमा !
नहोस कसैलाई कतै छल, यो नयाँ बर्षमा !!
सफल बनोस जिन्दगी, हाँसो ओँठमा !
नबगोस कहीँ आँसुको भल, यो नयाँ बर्षमा !!
लागुन् काममा कर्मठ हात, नगरि घात !
बनुन् सबै कार्य सफल, यो नयाँ बर्षमा !!
होस धेरै प्रगति अझ, भाषा र साहित्यको !
लेखियौँ मिठा-मिठा गजल, यो नयाँ बर्षमा !!
शुभकामना छ मेरो, ती तरुण जिवनलाई !
देशको बिकाशमा गरुन् जलमल, यो नयाँ बर्षमा !!
॰शदिया, असम, भारत ।
razoo.kashyap@gmail.com
0 comments:
Post a Comment