photo sahityayatrabanner_zps787eae11.jpg


गजल
काटर्दै नकाट्ने धार भएछ जीवन
यस्तै यौटा हतियार भएछ जीवन

चुपचाप सहनु पर्ने यो कस्तो रित
आफ्नै देखी सिकार भएछ जीवन

अर्कैले खुशी सब लुटि दिए पछी
ईज्जत बेगर गतिहार भएछ जीवन

कसैलाई पत्तो छैन यहाँ सडकमा
दिन रात मारामार भएछ जीवन

सबैले थुक्छन अचेल "गनेश" मलाई
समाज देखी अत्यचार भएछ जीवन
 
 

0 comments:

Post a Comment

 
Top