photo sahityayatrabanner_zps787eae11.jpg



~~~~~~~~~ गजल ~~~~~~~~~

हुनेभए कात्रो ओढी , आर्यघाट फिर्ने थिएँ
आफ्नो लास आफैले , काँधमा भिर्ने थिएँ

मलामी विनाको लास , यस्तै – यस्तै हुँदो हो
जिउँदो यो लास आफै , आगोलाई गिर्ने थिएँ

घाटे बाहुनलाई दिने , आफूसँग द्रव्य छैन
मेरो कर्म गरी दिए , अर्को जन्ममा तिर्ने थिएँ

मेरो मृत्यु पश्चात , प्रत्येक कालो रातमा
मेरो मृत्यु माग्नेलाई , सँधै सँधै पिर्ने थिएँ

खरानी भै गो जिन्दगी , जस्को कारणले गर्दा
हुने भए उसलाई , बञ्चरोले चिर्ने थिएँ ।

– © मानन्धर अभागी ।

0 comments:

Post a Comment

 
Top