
१
विदेशको त्यो जागिर , कस्तो अभिशाप भयो
पापी पेटकै कारण , विदेशीनु पाप भयो
... एउटा बाध्यता रह्यो , अर्को विडम्बना भयो
जा गिर अर्थ साँचो हो , के गर्नु करकाप भयो
छोरी आइन् भनि सोधी रे , कुर्दा – कुर्दै बित्नु भो रे
घरमा रुवाबासी चल्यो रे , के को श्राप भयो
मृत्युले कसैलाई पर्खदैन , यथार्थ हो रहेछ
मुखै हेर्न नपाइ , आगोमा सखाप भयो
ईश्वरको कस्तो लीला , यो अभागीलाई आज
दुःखको समाचारले , अलाप – विलाप भयो ।
२
एक – एक गर्दै याँ को धरोहर गिर्ला है
भोलि फेरि यहाँ विषालु धमिरा छिर्ला है
... बारम्बार विदेश धाउँदै घुँडा टेक्दैछ रे
एकपछि अर्को गर्दै खोस्दैछ फेरि पिर्ला है
नागरिकता त बाँडी सक्यो रे अब के बाँकी छ
एक – एक गर्दै नेपालीको छाती चिर्ला है
आफ्नै आमाको दशधारा पिएको त्यो कर्जा
हाम्रा नेताहरू भोलि कसरी तिर्ला है ।
३
आफ्नो जिन्दगी देखि आफै , निराश देख्छु
भौंतारी यता – उता जान , हत्तास देख्छु
कलकलाउँदो त्यो जीवन , निराश – निराश
बादल मडारिँदा आकाशझैं , उदास देख्छु
किन होला आफ्नै जिन्दगी देखि हारे जस्तो
खै आजभोलि कस्तो – कस्तो , आभाष देख्छु
सम्पूर्ण भएर नि आज , धोका पाउनाले
सँधैसँधै तिम्रो आँखामा , प्रवास देख्छु
एउटा तारा झरेर के भो , बाँकी थुप्रै छन्
मेरो यो कुराले तिमीमा , विश्वास देख्छु ।
– © मानन्धर अभागी ।
विदेशको त्यो जागिर , कस्तो अभिशाप भयो
पापी पेटकै कारण , विदेशीनु पाप भयो
... एउटा बाध्यता रह्यो , अर्को विडम्बना भयो
जा गिर अर्थ साँचो हो , के गर्नु करकाप भयो
छोरी आइन् भनि सोधी रे , कुर्दा – कुर्दै बित्नु भो रे
घरमा रुवाबासी चल्यो रे , के को श्राप भयो
मृत्युले कसैलाई पर्खदैन , यथार्थ हो रहेछ
मुखै हेर्न नपाइ , आगोमा सखाप भयो
ईश्वरको कस्तो लीला , यो अभागीलाई आज
दुःखको समाचारले , अलाप – विलाप भयो ।
२
एक – एक गर्दै याँ को धरोहर गिर्ला है
भोलि फेरि यहाँ विषालु धमिरा छिर्ला है
... बारम्बार विदेश धाउँदै घुँडा टेक्दैछ रे
एकपछि अर्को गर्दै खोस्दैछ फेरि पिर्ला है
नागरिकता त बाँडी सक्यो रे अब के बाँकी छ
एक – एक गर्दै नेपालीको छाती चिर्ला है
आफ्नै आमाको दशधारा पिएको त्यो कर्जा
हाम्रा नेताहरू भोलि कसरी तिर्ला है ।
३
आफ्नो जिन्दगी देखि आफै , निराश देख्छु
भौंतारी यता – उता जान , हत्तास देख्छु
कलकलाउँदो त्यो जीवन , निराश – निराश
बादल मडारिँदा आकाशझैं , उदास देख्छु
किन होला आफ्नै जिन्दगी देखि हारे जस्तो
खै आजभोलि कस्तो – कस्तो , आभाष देख्छु
सम्पूर्ण भएर नि आज , धोका पाउनाले
सँधैसँधै तिम्रो आँखामा , प्रवास देख्छु
एउटा तारा झरेर के भो , बाँकी थुप्रै छन्
मेरो यो कुराले तिमीमा , विश्वास देख्छु ।
– © मानन्धर अभागी ।
0 comments:
Post a Comment