
शहिदहरुको संझनामा एउटा देश भक्ति गजल
-------------------------------------------------
देशको दु:ख पीर रुन्छ हिजो मर्ने सहिद संझी
पोस्टरको तस्विर रुन्छ हिजो मर्ने सहिद संझी ।।
स्वार्थ लुट्दा मारीएका ती बेसाहारा गरीबहरु
कर्णालीको तिर रुन्छ हिजो मर्ने सहिद संझी ।।
भोक प्यास नभने रै नखाइ नलाइ लडे कति
बास बसेको भीर रुन्छ हिजो मर्ने सहिद संझी ।।
जो मरे नि शहीद हुने शहीदकै अपमान भो
सालिकको शिर रुन्छ हिजो मर्ने सहिद संझी ।।
जग्गाजमिन दिन्छैा भन्थैां गास बास छैन आज
गरिब मनको चीर रुन्छ हिजो मर्ने सहिद संझी ।।
राम प्रसाद पाण्डेय
तम्घास गुल्मी
0 comments:
Post a Comment