~~~~~~~~~~~ गजल ~~~~~~~~~~~
देख्दैछु म आजकाल , आफ्नो हातमा आफ्नै लास
कसैको चोट – पीडाले , भौंत्तारिरहे आसपास
... मित्र अनिश्चित यात्री , खै डर के हो – भर के हो
अब त थाकिसके , भएनछ अब भय त्राश
फूलको जात यस्तै हो , मालीलाई बिर्सि दिन्छन्
फर्कि आउँछ कि भन्ने , हुँदो हो अझै ठूलो आश
बरु फूल्दै नफूल्नु , फूलेपछि सधैँ फूलिरहनु
साथ छाडेर यात्रीको , जिन्दगी नहोस् नास
ए फूलहरू हो , मेरो अनुनय – विनय छ
बाँच्ने आधार देउ , नपठाउ वनबास ।
– © मानन्धर अभागी ।

0 comments:
Post a Comment