
~~~~~~~ गजल ~~~~~~~
कति बस्नु खै खण्डहर भो दरबार
आमा – बाबु विहीन झैं भयो बेघर्बार
माटो सँगसँगै आफू रोइरहेको छु
छाती दुखी राखेको भएन उपचार
एक्लो पारियो लाचार भएछु आज
किन हो कसैले पनि गरेन उद्घार
कस्तो दशा आइ लाग्यो सँधै मलाई नै
किन होला घोच्या – घोच्यै गर्छ बारम्बार
जन्मायो किन न्वारान गर्न नसक्नेले
जन्मेर वर्षौं बित्यो त्यो अपरम्पार ।
– © मानन्धर अभागी ।
0 comments:
Post a Comment