photo sahityayatrabanner_zps787eae11.jpg


१ 


डल्ली मोरी मसँग माया लाउछु भन्छे ।।
लाने भए त मोरी म सँग आउछु भन्छे ।।

बल्ल त सोह्रमा पाहिला टेकेकी मोरीले ।। 
जवानीको सबै प्यास मेटाउछु भन्छे ।।

यसो हर्दा जवानी भरिएकी ठिटी छेनी ।।
उमेरै पुगको छैन डेरा जमाउछु भन्छे ।।

भगाउ भने मलाई दाई भन्छे मोरीले ।।
हुन्न भन्छु मान्दै मान्दिन भगाउछु भन्छे ।।

साह्रै राम्री छेनी हेरिरहुँ जस्तो अझै ।।
योवनको कुरा गरी मनाउछु भन्छे ।।

२ 

हिजो आज देख्छु तिमी अन्तै बसाई सर्यौ अरे ।।
मलाई घृणा गरी कसैलाई माया गर्यौ अरे ।।

सुनेको छु मैले भन्दा धेरै माया दिन्छ उस्ले ।।
मेरो मुटु दुखाई छुरा रोपी बिष छर्यौ अरे ।।

मैले के गल्ति गरेँ र मलाई छाडी गयौ तिमी ।।
सधै रुवाउने तिमी अझै म सँग डर्यो अरे ।।

तिम्रो जाली माया चाहिदैन अब निष्ठुरी तिमी ।।
त दुइ नदीको सङगमबाट नदी तर्यौ अरे ।।

तिमीलाई मुटुमा राखेँ तर तिमी त जाली थियौ ।।
सधै माया भन्थ्यौ आखिर दोधारमा पर्यौ अरे ।।

अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा

0 comments:

Post a Comment

 
Top