photo sahityayatrabanner_zps787eae11.jpg



गजल
डरलाग्दो खबर सुनायो अब म के गरु ?
खहरेले घर-खेत बगायो अब म के गरु ?

सडकमा सुत्थ्यो दरबार छिरे पछी,
उसले नयाँ जीवन पायो अब म के गरु?

कती मेहनत पसिना मिसाएर  सिएको
सामन्तीले लगायो फटायो अब म के गरु?

एक मुरी धान बेचेर कुकर किनेको 
छोराले बम पड़कायो अब म के गरु?

यस्तो पनी हुदो रैछ कहिले काहीं त् 
आकस्मत प्रेम पत्र आयो अब म के गरु?

रकआईरन गणेश 
फुएतप्पा ५ इलाम हाल इन्छन कोरिया 
बैसाक २१ २०७० मे ३ 


0 comments:

Post a Comment

 
Top