photo sahityayatrabanner_zps787eae11.jpg


~~~गजल~~~

दिन भन्दा रात प्यारो
मायालुको बात प्यारो
...
बिछोडिएर पो हामी
छुटिदाको साथ प्यारो

कुनै दिन लाग्या थियो
रक्सिको त्यो मात प्यारो

छिन्मै मेटि जाने भन्दा
नमेटिने घात प्यारो

हो पसिना बगाएर
खाएको पो भात प्यारो

(उदासी राज) गोगंबु ४ नयाँ बसपार्क काठमाडौँ


सर्वधिकार लेखकमा सुरक्छित।



0 comments:

Post a Comment

 
Top