photo sahityayatrabanner_zps787eae11.jpg


गजल

लैजा खेत बारी घर,लिलाम गरेर।
अनि मेरो नाम थर,लिलाम गरेर।।

त्यो मान्छेलाई युद्धमा,पठाईएको छ।
उ भित्र रहेको डर,लिलाम गरेर।।

बुढा बा’कि छोरीलाई,त्यो साहुले लूछयो।
उसको छाती कम्मर,लिलाम गरेर।।...

हेर म गरिबलाई,महल बाँढ्नेछु।
यो धनि बस्ने शहर,लिलाम गरेर।।

माया गाँस्न सबैद्वारा,निषेध गरियो।
हाम्रा प्रेमका खबर,लिलाम गरेर।।

रहस्य बिक्रम चिमरिया
(बिर्तामोड नयाँ बस-पार्क,झापा)


सर्वधिकार लेखक मा सुरक्छित। 

0 comments:

Post a Comment

 
Top