photo sahityayatrabanner_zps787eae11.jpg



गजल

यँहा चलेका छन पसल मदिराको ।
सुनाउदैछु म गजल मदिराको ।

पिउने मान्छे धेरै भएर नै होला ,
माग बढेको छ आजकल मदिराको ।

नपिई यो मनले मान्दै मान्दैन,
तर गुण छैन असल मदिराको ।

अब अलिकती थपेपछि पुग्छ,...
रित्तिईसक्यो यो बोतल मदिराको ।

जड्याहा भईयो जस्तो छ मधु,
दिउसै लाग्छ तलतल मदिराको ।
 
सर्वधिकार लेखकमा सुरक्छित।

0 comments:

Post a Comment

 
Top