photo sahityayatrabanner_zps787eae11.jpg

  चुनाब को सिलसिला मा


गजल
सोझा जनता लाई फसाउदै छन् होस् गर्नुस
भोट माग्न जाली फटा आउदै छन् होस् गर्नुस

हाम्रा पुर्खा हरुले रगत पोखेर जोडेको धर्ती 
ईनले टुक्रा टुक्रा बनाउदै छन् होस् गर्नुस

हामी नेपाली ले नै कर तिरेको पैसा
झुटो नारा दिएर उडाउदै छन् होस् गर्नुस

हिजो हजारौ नेपाली को रगत पिएथे
आज हाम्रै सामुन्ने पचाउदै छन् होस् गर्नुस

हुन्न हुन्न दिने हुन्न घूस खोरी लाई भोट
धर्ती  भारतलाई बुझाउदै छन् होस् गर्नुस

कार्तिक १७ २०७० november 3
गणेश पौड्याल
फुएतप्पा ५ इलाम
हाल द . कोरिया


सर्वधिकार लेखक मा सुरक्छित। 

0 comments:

Post a Comment

 
Top