photo sahityayatrabanner_zps787eae11.jpg




कस्तो अभिशाप भएछ त्यो बुढेसकालमा
बाँच्नु करकाप भएछ त्यो बुढेसकालमा

छोरा – छोरीहरूले न फाल्न सक्यो न पाल्न
आज वार्तालाप भएछ त्यो बुढेसकालमा

बाह्र छोरा तेह्र नाती उल्टै पो पाल्नु परेछ
खर्च बेहिसाव भएछ त्यो बुढेसकालमा

स्याल र व्वाँसाहरूको रजाइँ लुच्छा चुँडी
ढुकुटी सखाप भएछ त्यो बुढेसकालमा

छोरा – छोरी जन्माएर सकी – नसकी पढाएको
आज पश्चात्ताप भएछ त्यो बुढेसकालमा ।



जो खुल्ला आकाशमुनी हर्षोल्लास मतदान
अब जनताहरूले पाउने भो संविधान

जुन कदम चालियो जनतामा शिरोपर
सरकारले गरेको चौधै अञ्चलमा आव्हान

ज्नताको माग यही हो चुनाव त गर्नु नै छ
परास्त गर्नु पर्दछ आइ परेका व्यवधान

विगतमा जे जसो भयो माफ गरिदिएर
खुल्ला हृदयले अब गर्नु पर्दछ सम्मान

हारेका होस् वा जितेका सम्पूर्ण दल – नेताहरू
लोभ लालच त्यागेर अब गर्नु छ निर्माण ।



जिन्दगी ओइलाएको फूल भो भनेर नभन
माया लाइ सकेपछि भूल भो भनेर नभन

पछि पछि पछ्याउँदै भँवरालेझैं रस चुस्ने !
धरापमा पारेर कबूल भो भनेर नभन

वर्षौंसम्म के हे¥यौ ? मेरो कारणले हिजो आज
नदी माथिको झोलुङ्गे पुल भो भनेर नभन

वैमनश्य पाल्नु हुन्न खराब सोच फाल्नुपर्छ
कमलको फूल भन्नेले शुल भो भनेर नभन

चाहिन्जेल दुनिँया घुमायौ विरानो किन बनायौ ?
अदालतमा साक्षीहरू हुल भो भनेर नभन ।

- © मानन्धर अभागी ।

सर्वधिकार © लेखकमा सुरक्छित


 

0 comments:

Post a Comment

 
Top