photo sahityayatrabanner_zps787eae11.jpg



~~~~~~~~~~ गजल ~~~~~~~~~~


कोपिला नफुल्दै टिप्न थालेछ त्यो विहानीमा
उमेर नपुग्दै माया लाएछ त्यो जवानीमा

समयले कोल्टे फेर्दा कस्तो आँधी वेरी चलेछ
आलोचना गर्ने ठाउँ नै छैन त्यो कहानीमा

समय नै यस्तै भनुँ वा हावा पानी नै यस्तै
वैंश उम्लिएर पोखिएपछि त्यो नादानीमा

दुई बीच पर्खाल बनेछ मुना र मदनको झैं
हरेक रात आँशुले भिजेछ त्यो सिरानीमा

भोलिका कर्णधारहरू बाटो विराइ रहँदा
पढाइमा हावा खाँदा गयो त्यो जिन्दगानीमा ।



मिल्दैन रहेछ उसित मेरो विचार
के नै दुश्मनी थ्यो म मा त्यस्तो अहँकार

जितेर पनि हारिदिनु पर्ने चलन
कमजोरी नारीको यही होला संस्कार

सँधैं मार खाइन्छ यस्तै खाले हिसाव
दुनिँयामै नमिल्ने तीन दूना चार

पिएर आउँछ सँधैं अनाहकमा विवाद
आज यसै कारण वेग्लै भयो संसार

महिलाले हिंसा खपिरहनु अपराध मानिन्छ
दिनानु दिनको खवर छापिदैंन समाचार ।

- © मानन्धर अभागी ।

सर्वधिकार लेखकमा सुरक्छित। 
  

0 comments:

Post a Comment

 
Top