photo sahityayatrabanner_zps787eae11.jpg


गजल


केही पनी लुकाउँदैनन् पर्दा नभएका झ्याल हरु
जे हुन्छ सब सुनाउँछन् पर्दा नभएका झ्याल हरु

कहिले मायाँ प्रिती अनी झगडा कैले कहिँ
हजार दृष्य देखाउँछन् पर्दा नभएका झ्याल हरु

बत्ती हुन्न प्राय राजधानीमा हाम्रो आजकल
कतै कतै मुस्कुराउँछन् पर्दा नभएका झ्याल हरु

हिड्नु हुन्न छोरी चेली, सडकमा एक्लै एक्लै
परै  बाट जिस्क्याउँछन् पर्दा नभएका झ्याल हरु

नहेरु त हेर्ने पर्ने नजरको सामु भा छन्
छिमिकी लाई साताउँछन् पर्दा नभएका झ्याल हरु


गणेश पौड्याल
२०७० कार्तिक १९ november 5
फुएतप्पा ५ इलाम हाल द . कोरिया

सर्वधिकार लेखकमा सुरक्छित

0 comments:

Post a Comment

 
Top