गजल
साच्चै भएझै लाग्छ, भ्रम परेको हुन्छ !
धर्ति हिडेझैँ लाग्छ, बादल हिडेको हुन्छ !
नसोध बारम्बार खबर परदेशीको
ज्यान मारेझै लाग्छ, श्वास चलेको हुन्छ !
एस्तो भन्छन माया गरेर फर्कनेहरु
धेरै पाएझै लाग्छ, धेरै गुमेको हुन्छ !...
'कमाए पछि घर छिर्नु' बा'को उर्दी हो
हेला गरेझै लाग्छ, अर्ति भनेको हुन्छ !
'बिद्वान'ले प्रवाशिलाई 'गुलाम' भन्छ
ढुङ्गा हानेझै लाग्छ, मुटु फुटेको हुन्छ !
नबिन नेपाल
भक्तपुर
हाल द. कोरिया
साच्चै भएझै लाग्छ, भ्रम परेको हुन्छ !
धर्ति हिडेझैँ लाग्छ, बादल हिडेको हुन्छ !
नसोध बारम्बार खबर परदेशीको
ज्यान मारेझै लाग्छ, श्वास चलेको हुन्छ !
एस्तो भन्छन माया गरेर फर्कनेहरु
धेरै पाएझै लाग्छ, धेरै गुमेको हुन्छ !...
'कमाए पछि घर छिर्नु' बा'को उर्दी हो
हेला गरेझै लाग्छ, अर्ति भनेको हुन्छ !
'बिद्वान'ले प्रवाशिलाई 'गुलाम' भन्छ
ढुङ्गा हानेझै लाग्छ, मुटु फुटेको हुन्छ !
नबिन नेपाल
भक्तपुर
हाल द. कोरिया
सर्वधिकार लेखकमा सुरक्छित।

0 comments:
Post a Comment