
गजल
पराई आई सीमा टेक्यो देख्दैन कोही
सीमा संगै देश नै लुट्यो देख्दैन कोही
दाई मर्छ भाई मर्छ रुन्छे मेरै चेली
बिचरीको सिउदो पुछ्यो देख्दैन कोही
भारत भन्छ बुद्ध मेरो चिन सगरमाथा
नालायकले देश बेच्यो देख्दैन कोही
छैन केही खान हजुर छैन कुनै काम
भोकमारीले बस्ती उठ्यो देख्दैन कोही
यात काट मार हुन्छ उता रूवा बासी
ताल बनी नेपाल रुझ्यो देख्दैन कसैले
पराई आई सीमा टेक्यो देख्दैन कोही
सीमा संगै देश नै लुट्यो देख्दैन कोही
गणेश पौड्याल
फुएतप्पा ५ इलाम
हाल इन्छन कोरिया
सर्वधिकार लेखकमा सुरक्छित।
0 comments:
Post a Comment