photo sahityayatrabanner_zps787eae11.jpg



गजल

ऊ मेरो मुलाकात म भुल्नै सक्तिन
बितेका केही रात म भुल्नै सक्तिन

चिनजानै नभई बर्सौ चिनेझै गरी
सुख दु:खाका बात म भुल्नै सक्तिन

मदहोस बनाई स्पर्शमानै मात दिने
कोमल तिम्रा हात म भुल्नै सक्तिन

सोच्तै नाशोची प्यारको उपहार पठाएर
गरेको सुरु-वात म भुल्नै सक्तिन

चाहेकै थिईन कहिलै जो भयो आज
दील संगको घात जो भुल्नै सक्तिन


गणेश पौड्याल
फुएताप्पा ५ इलाम
हाल इन्छन कोरिया
मंसिर  ३० २०७०
dec 15

सर्वधिकार लेखकमा सुरक्छित। 


0 comments:

Post a Comment

 
Top