त्यसै जुनी यो बदली हुँदैन
लार्भा नछोड्ने पुतली हुँदैन
जाँचौं कसीले सुन हैन मान्छे
ऊ सक्कली हो नकली हुँदैन
...
आगो लगाऊ मनभित्र आफ्नै
डाहा र ईर्ष्या नजली हुँदैन
ठूलो हुने हो सिपले कलाले
आफै निगालो मुरली हुँदैन
नाच्नेहरू हो खुब नाच आजै
भोली चितामा डबली हुँदैन !
सर्वधिकार लेखकमा सुरक्छित।
0 comments:
Post a Comment