photo sahityayatrabanner_zps787eae11.jpg


गीत
बिना कारण बिस्वासको दील जलाएर
भयौ टाढा प्यारमा आज छुरी चलाएर

कती खुसि थिएँ संगै हुदा तिमी
यसरी नै हाँसौ भन्थे जुनिभर हामी
छोडी गयौ तिमी आज मलाई रूवाएर
भयौ टाढा प्यारमा आज छुरी चलाएर

चोखो थियो मेरो तिम्रो लागी मायाँ
एकै पल लाई खुशी दिन बनी आयौ छायाँ
कती खुसि हौला तिमी मलाई पागल बनाएर
भयौ टाढा प्यारमा आज छुरी चलाएर

बिना कारण बिस्वासको दील जलाएर
भयौ टाढा प्यारमा आज छुरी चलाएर

गणेश पौड्याल
फुएतप्पा ५ इलाम
हाल इन्छन कोरिया

सर्वधिकार लेखकमा सुरक्छित। 

0 comments:

Post a Comment

 
Top