photo sahityayatrabanner_zps787eae11.jpg




 गजल

भिडैभिडको यो सहरमा कोलाहल छ जताततै ...
कहाँ मिल्छ सद्भावना छलैछल छ जताततै ।

इमान्दार भोकै हुन्छ जहान बच्चा पाल्न गाह्रो
बैमानीको वाह!वाह!पैसै फल्छ जताततै ।

राजधानी हो यो काठमाडौँ धुवाँ धुलो नि:शुल्क छ
भत्किएका सडक माथि ढलै ढल छ जताततै ।

सलह झैँ सवारी छन त्यतिकै छन यात्रीहरु
कसो गर्दा सत्ता मिल्छ रिहर्सल छ जताततै ।


सर्वधिकार लेखकमा सुरक्छित।
 
 

0 comments:

Post a Comment

 
Top