photo sahityayatrabanner_zps787eae11.jpg

 
हजार भिड्मा तिमीलाई गनी दिउँकी हजुर
नातै नलाई के छ तनी?भनि दिउँकी हजुर

बैसको त्यो भारी बोकी कती चडछेउ उकालिमा
कहिँ त्यतै पाटी पौवा मै बनी दिउँकी हजुर...

भिरले छेक्छ आउँन गार्हो भन्छेउ भने तिमी
पिरतिको तेर्सो बाटो खनी दिउँकी हजुर

सुहाउँदैन जस्तो लाग्छ भने धर्ती तिमीलाई
इस्वर सँग मागी स्वर्ग पनि दिउँकी हजुर

सुर्य खत्री "घायल"
सौल ~ दक्षिण कोरिया


सर्वधिकार लेखकमा सुरक्छित।

 

0 comments:

Post a Comment

 
Top