photo sahityayatrabanner_zps787eae11.jpg


~

~~~~~~~~ गजल ~~~~~~~~~
1

तिमीले लाएको माया आज धोका भयो रे
मुटु भरि भरि आज घाउका पोका भयो रे

कथा नहाले हुन्छ रे माया प्रितिका कुराहरू
बन्दुक बाट निस्केको गोलीका खोका भयो रे

कस्तो तिम्रो चाहना सन्तुष्टि कहिल्यै भएनौ रे
मायामा यति साह्रो किन भोका भयो रे

धेरै पाप पलाएपछि मायाको बाँध फूटेर
सुनामीझैं त्यो जिन्दगीमा हावाको झोंका भयो रे

बदनामी रहिछौ तिमी समाजमा गिरेपछि
सुन्दर त्यो जिन्दगी पानीको फोका भयो रे ।

2

अँध्यारोमा बस्नेलाई उज्यालो डर लाग्छ
महलभन्दा छाप्रोमा बस्नेको भर लाग्छ

परिश्रम गर्दैमा कोही सानो हुँदैन
पसिना बगाइ माटो फोर्न जाँगर लाग्छ

जसको बारेमा नबुझिकन माया लाएपछि
उनैका कुराहरू मान्नु पर्ने कर लाग्छ

सबैले भगवान् सम्झेर पुज्ने गर्छन्
के गर्नु खै आफूलाई भने पत्थर लाग्छ

मात्र अनुहार फरक रगत रातै हुन्छ
जातभात भनेकै पुरुष – महिला थर लाग्छ ।

3

आमा किन बोझ बनेर , मेरो निम्ति बाँचेकी छौ
दोष त तिम्रो होइन नि , किन मन भाँचेकी छौ

नखाएर जोहो गरेको , फगतः त्यो सम्पत्तिहरू
म सुस्तःले के गर्नु र ? के का लागि साँचेकी छौ

ईश्वरको वरदान हो , भो मेरो सुर्ता नगर
दुःखीराखेको त्यो मुटु , आमा तिम्ले जाँचेकी छौ

आमा तिमी छौ त म छु , मलाई खुसी पार्नलाई
आफ्नो व्यथा लुकाएर , हाँसी हाँसी नाचेकी छौ

के श्राप लाग्यो नभन्नु , कर्मको लेखा यस्तै हो
मेरो पीडामा तिमीले , आफ्नो मुटु पाछेकी छौ

दाजु – भाइको के विश्वास ? विहे पछि फ्यालिइन्छ
आमा तिम्रो पछि मेरो , भविष्य सोचिराखेकी छौ ?

4

किलोमा बेच्ने कवाडी किताब भो जिन्दगी
आज पिउन थालेपछि खराब भो जिन्दगी

फूल भएर के गर्नु लुटाउँदै हिडें पछि
अशान्ति भएर आज तनाव भो जिन्दगी

गहिराइ नबुझेरै त्यो सागरमा पौडेपछि
कसैको नासो आज दवाव भो जिन्दगी

बजारमा राखेको खेलौना कता पो टाँसिन थाल्यो
थाहा भएन कसको प्रभाव भो जिन्दगी

कस्तो माया लाएछ खै अपराधी बनाएछ रे
कथन अनुसार सतीको सराप भो जिन्दगी ।

4

जिन्दगीमा काँडा नाइँ फूल वरदान होस्
उठेपछि चिहान नाइँ सुनौलो विहान होस्

निराश कहिल्यै नहोस् फूल र जूनहरू झैं
जिन्दगीमा सँधैसँधै ओंठभरि मुस्कान होस्

बाँचुञ्जेल सँगै होस् सबै यही चाहन्छ
कोमल न्यानो काखमा निदाउन सिरान होस्

जन्मिसके पछि आफूमा सभ्यताको जरुरी छ
मान्छे भएर मान्छेको आफ्नो पहिचान होस्

हाम्रो आस्था हामीमा छ ढुङ्गै ठानोस् अरुले
जीवनभर हामीसँग सँधैं भगवान होस् ।

- © मानन्धर अभागी ।

सर्वधिकार लेखकमा सुरक्छित
  

0 comments:

Post a Comment

 
Top