photo sahityayatrabanner_zps787eae11.jpg



गजल

साईलाको रोधीमा अलीकती पीएर आएँ
यो मनले मानेन तन उसैलाई दीएर आएँ ।।

सराबका बोतल थीए,मन अझै फाट्दै थीयो
जसो तसो फाटेको मन नशा सँगै सीएर आएँ ।।

रातै भरी मन भरीका बात गर्ने ईच्छा थीयो
उस्को साथमा साथीसंगी अरुपनी थीएर आएँ ।। ...

प्रीयसीको नजरमा त मरेकी थे हीजै देखी
आज उस्को साथ पाए अनी फेरी जीएर आएँ ।।

अतीतका याद बल्झी दुख्यो मुटु मध्य रातमा
आशु धेरै बग्योअनी कोमल मुटु खीएर आएँ ।।

© भवानी हुमागाई
काठमाडौं नेपाल ।।
 
सर्वधिकार लेखकमा सुरक्छित। 

0 comments:

Post a Comment

 
Top