photo sahityayatrabanner_zps787eae11.jpg


कविता
नरेश 'अल्पविराम'
(पर्खिनुहोस बुवा )

कापी सकियो बुवा...
नकिने स्कूल मा सरले डस्टरले हान्छन,
जुत्ता मैलियो बुवा नकिने
साथीहरुले जिस्क्याउछन,
लुगा फाट्यो नया चाहियो नत्र तपाइको
इज्जत पखालिन्छ ,
यस्तै माग हुन्थे तपाइँ संग मेरा
र दिनहुँ
यसरी सताउन्थे हजुरलाई ......
तर आज जल पखालिएर
पाखुरा लाग्दा बिछोडिएको छु
तपाइको समिप देखि
 


 झोलामा हालिदिनु भएको
आशिर्वाद को पोको
मेरा खुट्टा को पन्जा भएको छ,
निधारमा लगाइदिनु भएको टिकामा
ठक्कर खाएर ठोकिन्छन
शत्रुका नजरहरु ,
तपाइकै आडमा तिखारिदै छ
यो कलम पनि दिनहुँ,
तपाइकै अनुहारको रंग हेरेर
चपाउदैछु हजारौं गोताहरु , सास्तिहरु र
कैयौं सपना बाहिरका भोगाइहरु पनि ,

हो ,
अझै तानिरहेकै छन्
खुट्टा तान्नेहरु जो हिजो तपाइका तान्थे,
अझै शोशिरहेकै छन्
हामि माटा मुनिकाहरुको रगत ,
म तेही अभियान मा छु
जसरि ति रक्तपिपासु हरुलाई
धुलो चटाउन लाग्नु भएको
थियो तपाइँ ,

 

पर्खिनुहोस
तपाइले किनेका
कापी को मूल्य जाली हरुको
गर्धन रेटेर तिर्न खोज्दैछु ,
तपाइले किनेका जुत्ताले
कुल्चने योजना बुन्दैछु
हिजो हाम्रो स्वाभिमान माथि
धावा बोल्नेको छातीमा ........
 
 
सर्वधिकार लेखकमा सुरक्छित। 



0 comments:

Post a Comment

 
Top