शरिर+मन+मष्तिस्क=
कता जाउँ के गरौँ मनमा छट्पटि भइरहन्छ
कस्लाई सोधौँ के भनौँ मन अन्तै गइरहन्छ
उद्वेलित यो मन आज अन्तै वेग पो मार्दैछ
जति स्थिर गर्न खोज्यो उति आवेग झार्दैछ॥...
न तृप्तिको चाहना छ न प्राप्तिको कामना
तर दिमाग गर्दैछ चञ्चल मनको सामना
दिमागले स्थिर गर्न सकिरा’को छैन आज
कसरि हो यस्तो भाको बताउने कस्ले राज॥
जे जसरि जस्तो छ सव चिज अनुकुल छ
तर पनि आज किन... मन यो ब्याकुल छ
के कसरि पुर्याउने अब चाहना यो मनको
सायद सवलाई हुने होला बोझ यो तनको॥
रथमा घोडा जोड्नलाई सारथिले डोर्याउछ
सारथि जान्ने भएमा गन्तब्यमा पुर्याउछ
दिमाग सारथि मनको मन हो घोडा रथको
शरिर यो रथ हो जानौँ यात्री कर्तब्य पथको॥
शरिर मन मष्तिस्क सव साथ रहन्छन
जे जसरि जसो पर्छ सव साथ सहन्छन
यहि हो मनको ब्यथा र मष्तिस्कको कथा
शरिरको नि दाइत्व याहाँ यस्तै छ सर्वथा॥
सर्वधिकार लेखकमा सुरक्छित
कता जाउँ के गरौँ मनमा छट्पटि भइरहन्छ
कस्लाई सोधौँ के भनौँ मन अन्तै गइरहन्छ
उद्वेलित यो मन आज अन्तै वेग पो मार्दैछ
जति स्थिर गर्न खोज्यो उति आवेग झार्दैछ॥...
न तृप्तिको चाहना छ न प्राप्तिको कामना
तर दिमाग गर्दैछ चञ्चल मनको सामना
दिमागले स्थिर गर्न सकिरा’को छैन आज
कसरि हो यस्तो भाको बताउने कस्ले राज॥
जे जसरि जस्तो छ सव चिज अनुकुल छ
तर पनि आज किन... मन यो ब्याकुल छ
के कसरि पुर्याउने अब चाहना यो मनको
सायद सवलाई हुने होला बोझ यो तनको॥
रथमा घोडा जोड्नलाई सारथिले डोर्याउछ
सारथि जान्ने भएमा गन्तब्यमा पुर्याउछ
दिमाग सारथि मनको मन हो घोडा रथको
शरिर यो रथ हो जानौँ यात्री कर्तब्य पथको॥
शरिर मन मष्तिस्क सव साथ रहन्छन
जे जसरि जसो पर्छ सव साथ सहन्छन
यहि हो मनको ब्यथा र मष्तिस्कको कथा
शरिरको नि दाइत्व याहाँ यस्तै छ सर्वथा॥
सर्वधिकार लेखकमा सुरक्छित

0 comments:
Post a Comment