photo sahityayatrabanner_zps787eae11.jpg


गजल
नजर हरु झुकेको बेला नयाँ बर्ष आएछ
यो मन दुखेको बेला नयाँ बर्ष आएछ

खै कसरी मनाउ तिमी आफैं भनिदेउ
आफ्नै भाग्य फुटेको बेला नयाँ बर्ष आएछ

पराईको दैलोमा  दिनरात पसिना बगाई
जिन्दगी नै सुम्पेको बेला नयाँ बर्ष आएछ

हो जतिखेरै रुन्छु म त्यो ईतिहाँस सम्झेर
रगतमा देश मुछेको बेला नयाँ बर्ष आएछ

भो अब म सक्दै सक्दीन समय सँग दौडिन
चिहानमा जीवन फुलेको बेला नयाँ वर्ष आएछ।

0 comments:

Post a Comment

 
Top