photo sahityayatrabanner_zps787eae11.jpg


गजल
जोत्दै थियो किशान फाली लुटिएछ
फाली संगै बर्सभरको बाली लुटिएछ

यो धर्ति रक्च्यार्थ तत्पर छौ भन्थे
खै  मेची संगै महाकाली लुटिएछ

कोपिलामै तुईएछन् प्रतिभाका फुल
रित्तो छ रे बगान माली लुटिएछ

थपी थपी पालो, हुने लाई मात्रै रैछ
गरिब भने भोकै , थाली लुटिएछ

रुदै रैछ त्यो अपरिचित दुनियामा
 संसारका कुनाकुना नेपाली लुटिएछ


 

0 comments:

Post a Comment

 
Top