
~~~~~~ गजल ~~~~~~~~~~
लाज नभाको ढाँट्ने , ढाँटको राजनीति भयो
दरै रहेछ मुटु त् , आँटको राजनीति भयो
सुख र शान्ति पाईन्छ , भन्दै ललाइ – फकाइ
जनता माथि , अन्तर्घाटको राजनीति भयो
कानुन नभाको देश , आ – आफैमा मारकाट
कस्तो होला खै मुक्का र लातको राजनीति भयो
चर्का चर्की राजनीति , त्यो दिन एक – अर्कामा
सदन भित्र नै , हातपातको राजनीति भयो
एउटा कूर्चीको लागि , आफ्नो माटोलाई विर्सेर
विदेशी सित , साँठगाँठको राजनीति भयो ।
– © मानन्धर अभागी ।
0 comments:
Post a Comment