photo sahityayatrabanner_zps787eae11.jpg


1
मलाई धेरै हाँसेको मन पर्दैन
कामहरु साँचेको मन पर्दैन
गाँउघर तिर भन्छ्न कसैले
पोथी बाँसेको मन पर्दैन


2
तिमीलाई आफ्नो ठान्नु गल्ती भयो
विश्ळाशको पात्र मान्नु गल्ती भयो
आज बिचल्ली पारेर गयौ तिमी
हजारौँमा तिमलाई छान्नु गल्ती भयो


3
सोध्दै छु ताराहरुलाई
पढ्दै छु बुद्धका नाराहरुलाई
कहिले गर्छ यो सरकारले कारबाही
पत्रकारका हत्याराहरुलाई।


4
जिन्दगीको एउटा छुट्टै संसार बनाउँदै छु
मनका बहहरु पोख्ने सञ्चार बनाउँदै छु
पर्खि बस मेरी प्रिया लिन आउँछु छिट्टै
तिमी र म सँगै बस्ने धन्सार बनाउँदै छु

युबराज लामिछाने 'प्रदिप'
रापकोट-2,स्याङ्ग्जा
हाल=देबदह-3,खैरेनी रुपन्देहि
मो.-9849623104

0 comments:

Post a Comment

 
Top