
छन्द - आनामानी (यता न उताको)....!!
छोड्दा डेरै सार्दा रैछन् कसैकसैले...
कस्तो एक्लै पार्दा रैछन् कसैकसैले...
पैसा जस्तै पासा खेल्दोरहेछ बाचा
खेल्दा बाचा हार्दा रैछन् कसैकसैले...
नेपालीमै सम्झाएको थिएँ नबुझ्दा
बुझ्ने बातै टार्दा रैछन् कसैकसैले...
छाती जोती माया रोपें नठान पाक्यो
माया काँचै दार्दा रैछन् ! कसैकसैले...
छन्द – आनामानी (यता न उताको)
SSS SSS SSl SlS S
म म त र गु.
(४ र ८ अक्षरमा विश्राम)
लक्षण -
‘मामातार्गू’ आनाकानी भए सरी होस्
माया गर्दा ‘आनामानी’ भए भने होस्
छोड्दा डेरै सार्दा रैछन् कसैकसैले...
कस्तो एक्लै पार्दा रैछन् कसैकसैले...
पैसा जस्तै पासा खेल्दोरहेछ बाचा
खेल्दा बाचा हार्दा रैछन् कसैकसैले...
नेपालीमै सम्झाएको थिएँ नबुझ्दा
बुझ्ने बातै टार्दा रैछन् कसैकसैले...
छाती जोती माया रोपें नठान पाक्यो
माया काँचै दार्दा रैछन् ! कसैकसैले...
छन्द – आनामानी (यता न उताको)
SSS SSS SSl SlS S
म म त र गु.
(४ र ८ अक्षरमा विश्राम)
लक्षण -
‘मामातार्गू’ आनाकानी भए सरी होस्
माया गर्दा ‘आनामानी’ भए भने होस्
0 comments:
Post a Comment